२४ घण्टामा थप ११९ जनामा कोरोना संक्रमण, ३ को मृत्यु

२४ घण्टामा थप ११९ जनामा कोरोना संक्रमण, ३ को मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप १ सय १९ जना कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ।

यससँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ९ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। तीमध्ये कोरोनामुक्त हुने २ लाख ६८ हजार ७२ जना छन्। पछिल्लो २४ घण्टामा थप २ सय ६० जना कोरोना संक्रमित निको भएका छन्।

उक्त अवधिमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोना संक्रमित २ हजार ३८ जनाले ज्यान गुमाएका छन्। 

देशभर सक्रिय संक्रमितको संख्या १ हजार ८ सय १५ जना रहेकाे मन्त्रालयले जनाएको छ।

माघ २५, २०७७ आइतबार १७:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।