अधिवक्ता बडालको तर्क– संसद् विघटनपछि प्रधानमन्त्रीविरुद्ध परेको अविश्वास प्रस्तावको अर्थ छैन
काठमाडौं : अधिवक्ता रमेश वडालले संसद् विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको अविश्वास प्रस्तावको अर्थ नभएको तर्क गरेका छन्।
सर्वाेच्च अदालतको संवैधानिक इजलासमा जारी संसद् विघटन मुद्दामा सरकारी पक्ष तर्फबाट बहस गर्दै उनले यस्तो बताएका हुन्।
साथै उनले संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई विघटनको अधिकार रहेको जिकिर गरे। उनले विघटन भएको मितिसम्म संसद्मा प्रधानमन्त्रीले पाएको विश्वासको मत खण्डित नभएको बताए।
संसद् विघटनविरुद्ध संवैधानिक इजलासमा यही माघ ४ गतेदेखि बहस चलिरहेको छ।
माघ २५, २०७७ आइतबार १६:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।