अनेरास्ववियुको सिंहदरबार घेराउ
काठमाडौँ : नेकपा दाहाल नेपाल समूह समर्थित अनेरास्ववियुले सिंहदरबार घेराउ गरेको छ।
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध अनेरास्ववियुले सिंहदरबार घेराउ गरेको हो।
उनीहरूले प्रधानमन्त्री ओलीका कारण दुख पाएको लगायतका चर्का चर्का नारा लगाएका छन्। उनीहरूले संसद् विघटन गर्ने निर्णय खारेज गर्न माग गरेका छन्।
यसैबिच नेकपा दाहाल नेपाल समूहले माघ २८ गते संसद् विघटनविरुद्धको विरोध सभामा सहभागी हुन अपिल गरेको छ।
अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपालले भिडियो सन्देश जारी गरेर विरोध सभामा सहभागी हुन अपिल गरेका हुन्।
माघ २५, २०७७ आइतबार १४:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।