ओलीले मञ्चबाट नारा लगाउन लगाए : अस्थिरता हैन चुनाव चाहियो
काठमाडौँ : प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले दरबारमार्गमा आयोजित सभामा आउन नदिन तर्साउने काम गरेको, खाल्डो खनेको र बम राखेर विप्लव लेख्ने काम भएको दाबी गरेका छन्। काठमाडौँको दरबारमार्गमा आयोजित शक्ति प्रदर्शनमा उनले भने ,‘तपाइहरूलाई आज आउन नदिनका लागि तर्साउन खोजियो। कतिपय ठाउँमा खाल्टा खनेर विप्लव लेख्ने काम भयो।’
उनले नारायणहिटी दरबार अगाडि भइरहेको सभालाई इतिहासकै सबैभन्दा ठुलो जनसभा भएको दाबी समेत गरे।
उनले विभिन्न विकास निर्माणका काम अघि बढाएका छौँ। करिब ६ हजार किलोमिटर बाटा कालोपत्रे गरेको, तुइन विस्थापित गरेको लगायतका दाबी समेत गरे।
उनले आज सडकमा बालबालिका नै नभएको दाबी गरेका छन्।
नेपालमा कोही भोकै पर्दैन। कोही मर्दैन भन्दै दाहाल–नेपाल समूहका नेतालाई कटाक्ष गर्दै भने कोही पूर्व प्रधानमन्त्री त अरूले पकाएको भात डाडु पन्यु लिएर बाँड्दै हिँडे। हामीलाई त्यो नाटक गर्नु छैन। हाम्रो काम विकासको लहर ल्याउने हो।
उनले आफूलाई कामै गर्न नदिएपछि ताजा जनादेशमा जानका लागि निर्वाचनको घोषणा गरेको दाबी गर्दै देश चुनावतर्फ गएको बताए। अब कसको सरकार बन्नुपर्छ चुनावले फैसला गर्ने बताए। उनले मञ्चबाटै कार्यक्रममा सहभागीहरूलाई नारा लगाउन लगाए अस्थिरता हैन चुनाव चाहियो।
माघ २३, २०७७ शुक्रबार १४:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।