सभामुख सापकोटा भन्छन् : ‘म प्रधानमन्त्रीसँग जुहारी खेल्न चाहन्न’
काठमाडौँ : प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले संसद् बोलाउनेबारे आफूले छलफल गरिरहेको बताएका छन्। उनले प्रधानमन्त्रीले अवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै आफूले पूर्व सभामुख, पूर्व प्रधानन्यायाधीश तथा विज्ञहरूसँग छलफल गरिरहेको जानकारी दिए।
संवैधानिक नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट दायर गरेकोबारे जानकारी दिन संसद् सचिवालयमा पत्रकार सम्मेलनमा गरेर सभामुख सापकोटाले यसका लागि कति समय लाग्छ भन्नेबारे भने स्पष्ट पारेनन्। “जति दिन मलाई आवश्यक पर्छ त्यति समय लिन्छु।“ उनले भने।
उनले श्रृङखलाबद्ध सभामुखलाई संविधान उल्लङ्घन गरेको आरोप प्रधानमन्त्रीले लगाएको बताए। तर, प्रधानमन्त्रीले सभामुखलाई लक्षित गरेर दिएको अभिव्यक्तिमा भने उनले जवाफ दिन चाहेनन्।
‘मेरो मौलिकता तपाईँलाई थाहा छ, म यसबारे जवाफ दिन चाहन्न।’ सापकोटाले भने ‘सुझाव सबैको सुन्छु, निर्णय म लिन्छु।’
‘म प्रधानमन्त्रीसँग जुहारी खेल्न चाहन्न’ सभामुखले भनेका थिए।
माघ २३, २०७७ शुक्रबार १४:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।