प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने मञ्च
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने नारायणहिटी गेट अगाडी भव्य मञ्च तयार गरिएको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको बाग्मती प्रदेशको आयोजनामा हुने जनसभामा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
काठमाडौँको विभिन्न १३ ठाउँबाट जुलुस सहित नारायणहिटी गेटमा हुने सभामा ओलीले दिउँसो साढे १२ बजेपछि सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ। त्यही कार्यक्रमका लागि नारायणहिटीमा भव्य मञ्च तयार गरिएको हो।


माघ २३, २०७७ शुक्रबार ०९:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।