सप्तरीमा आगोले जलेर एक महिलाको मृत्यु 

सप्तरीमा आगोले जलेर एक महिलाको मृत्यु 

सप्तरी : सप्तरीको सुरुङ्गा हरदियामा आगोले जलेर एक महिलाको मृत्यु भएको छ। नन्कु पासवानकी श्रीमती अन्दाजी ७५ बर्षिया कमली देवी पासवानको आगोले जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। 

उनी आफ्नै घरमा घुर बाली आगो ताप्ने क्रममा अचानक साडीमा आगो लाग्दा कम्मर भन्दा तल दुवै खुट्टा, घाँटी र ढाड जली घाइते अवस्थामा फेला परेकी थिइन। उनलाई तत्कालै उपचारका लागी रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहान लगिएकोमा उपचारको क्रममा आज (शुक्रवार) बिहान पौने ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। 

यस्तै सप्तरी जिल्लाकै शम्भुनाथ कठौना चौकमा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। बा २ ज ४०४७ न.को कारले स १० प २७३३ न.को मोटरसाइकललाई ठक्कर दिँदा चालक बहुरी चौधरीको मृत्यु भएको हो। 

कारको ठक्करबाट घाइते सप्तरी कृष्णसावरन गाउँ पालिका वडा नं. १ बस्ने चौधरीको उपचारका क्रममा आज (शुक्रवार) बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक भुवनेश्वर प्रसाद साहले जानकारी दिए। 

माघ २३, २०७७ शुक्रबार ०९:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।