राष्ट्रपतिलाई नागरिक आन्दोलनको प्रश्न : संविधान कहाँ छ?
काठमाडौँ : प्रतिगमनविरुद्ध वृहत् नागरिक आन्दोलनले आज (शुक्रवार) विरोध प्रदर्शन गरेको छ।
संसदीय सुनुवाइ नै नगरी विभिन्न संवैधानिक आयोगहरूमा नियुक्ति गरी शपथ खुवाइएको विरोधमा नागरिक आन्दोलनले राष्ट्रपति भवन शीतल निवास नजिकै पानी पोखरीमा विरोध प्रदर्शन गरेको हो।
संवैधानिक अङ्गहरूमा अवैधानिक नियुक्ति गरिएको भन्दै त्यसको विरोधमा बृहत् नागरिक आन्दोलनले बिहान ७ बजे लैनचौरस्थित पद्मरत्न तुलाधर निवास परिसरबाट शीतल निवाससम्म मार्चपास गर्ने भनेको थियो।
तर, पानी पोखरीबाट प्रहरीले अगाडी बढ्न नदिएपछि नागरिक आन्दोलनका अभियन्ताहरू पानी पोखरीमै रोकिए। उनीहरूले त्यही सभा गरेका छन्।
उनीहरूले राष्ट्रपति ज्यू, संविधान कहाँ छ? सत्ता कब्जा मुर्दावाद, लोकतन्त्र जिन्दाबाद, अवैधानिक नियुक्ति मान्दैनौ लगायतका प्लेकार्ड बोकेका थिए।
माघ २३, २०७७ शुक्रबार ०९:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।