तीनकुनेमा सटर फोडेर भाग्दै गरेका पक्राउ

तीनकुनेमा सटर फोडेर भाग्दै गरेका पक्राउ

काठमाडौँ : काठमाडौँको तीनकुने गौरी गाउँ नजिकै सटर फोडेर भाग्दै गरेका पक्राउ परेका छन्।

भारत विहारका देव दासले सञ्चालन गरेको ओम शान्ति ओम अटो वर्कसप एन्ड पसलको सटर फोडेर चोरी गरी भाग्दै गरेका दुई जना मध्ये एक जना रंगेहात पक्राउ परेका प्रहरीले जनाएको छ।

चोरीमा संलग्न अर्का एक जना शंकास्पदलाई पनि पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी जवान निश्चल रिजालले जानकारी दिए।

माघ २३, २०७७ शुक्रबार ०९:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।