पश्चिमी बायुको प्रभावले हल्का वर्षा 

पश्चिमी बायुको प्रभावले हल्का वर्षा 

उच्च हिमाली क्षेत्रमा हल्का वर्षासँगै हिउँ परेको मौसमविद् मीनकुमार आर्यालले जानकारी दिए। ‘सबै ठाउँमा वर्षा भएको छ भन्ने होइन, चार वटै प्रदेशका केही ठाउँमा राती देखिनै हल्का वर्षा भएको छ।’ उनले भने,‘उच्च हिमाली भेगमा हिउँ परेको अनुमान छ।’

उनले सिचाई नै हुने गरी वर्षा नभएको बताए। यस्तै बाग्मती, प्रदेश १ र २ को मौसम सामान्य बदली रहेको अर्यालले जानकारी दिए। ‘यी प्रदेशमा कतै बादल मात्रै लागेको र बेलुकीसम्म केही ठाउँमा पानी पर्ने सम्भावना छ।’ 

 

माघ २३, २०७७ शुक्रबार ०८:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।