नारायणहिटीमा नेकपा ओली समूहले शक्ति प्रदर्शन गर्दै

नारायणहिटीमा नेकपा ओली समूहले शक्ति प्रदर्शन गर्दै

दुई समूहमा विभाजित नेकपाको ओली पक्षले आज नारायणहिटी सङ्ग्रहालयअगाडिको सडकमा शक्ति प्रदर्शन सहितको जनसभा गर्न लागेको हो। 

जनसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। ओली समूहले विभिन्न जिल्लाबाट कार्यकर्ता काठमाडौँ उतार्दैछ। उनीहरू काठमाडौँका विभिन्न ठाउँबाट जुलुस सहित नारायणहिटीमा हुने जनसभामा सहभागी हुनेछन्। 

जनसभाका लागि नारायणहिटी अगाडी सडकका रेलिङ हटाइएको छ। ठुलै सङ्ख्यामा कार्यकर्ता जम्मा गर्ने तयारीमा रहेको नेकपा ओली समूहले हिजो साँझ मार्च पास गरेको थियो भने अस्ति मोटरसाइकल र्याली निकालेको थियो। 

प्रतिनिधिसभा विघटनपछि नेकपाको दाहाल नेपाल समूहले चरणबद्ध आन्दोलन गर्दै आएको छ। ओलीको निर्णय विरुद्ध सडक सङ्घर्षमा रहेको नेकपा दाहाल नेपाल समूहले हिजो आमहड्ताल गरेको थियो। 

माघ २३, २०७७ शुक्रबार ०७:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।