ओली पक्षको नारा ‘केपी ओली रेलमा, भ्रष्टाचारी जेलमा’

ओली पक्षको नारा ‘केपी ओली रेलमा, भ्रष्टाचारी जेलमा’

भोलि शुक्रवार ओली समूहले दरबारमार्गमा जनप्रदर्शन गर्दैछ। त्यसैको प्रचारका लागि उनको समूहले पुतलीसडकमा मार्च पास सुरु गरेर प्रर्दशनीमार्ग पुगेका थिए।

मार्च पासमा सहभागीहरूले ‘केपी ओली रेलमा, भ्रष्टाचारी जेलमा’, ‘आइलभयू केपी ओली’ लगायतका नारा लगाएका थिए। 

महेश बस्नेत, ऐन महर लगायतले अगुवाइ गरेको मार्च पास अगाडि शुक्रवारको कार्यक्रमबारे प्रशिक्षण दिएका थिए। मार्च पासमा सहभागीहरू रातो टोपी र प्रधानमन्त्री ओलीको फोटोसहित सहभागी थिए।

 

माघ २२, २०७७ बिहीबार २०:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।