नेपाल बन्द समर्थकको भान्छा सडकमै, पिचमा पलेटी मारेर मेटाए भोक
तस्बिर सौजन्य: रामप्रसाद सापकोटा
काठमाडौँ : संसद् विघटन गर्ने र अवैधानिक रूपमा संवैधानिक निकायमा नियुक्त गर्ने प्रधानमन्त्री केपी ओलीको कदमको विरोधमा नेपाल बन्दमा उत्रिएको नेकपाको दाहाल–नेपाल समूहका नेता–कार्यकर्ताले सडकमै खाना पकाएर खाएका छन्।

कोटेश्वरमा भइरहेको प्रदर्शनमा सहभागी प्रदर्शनकारीले ग्यास, चुल्हो र खाद्यान्न प्रदर्शनस्थलमै मगाएर त्यही खाना पकाए र सडकमा पलेटी मारेर खाना खाए।

माघ २२, २०७७ बिहीबार १५:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।