आन्दोलनमा उत्रिएका नेता किन यति निराश !

आन्दोलनमा उत्रिएका नेता किन यति निराश !
तस्बिर : कृष्पा श्रेष्ठ।

काठमाडौँ : संसद् विघटन गर्ने र संवैधानिक प्रावधान मिचेर संवैधानिक निकायमा नियुक्त गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेपाल बन्दमा उत्रिएको छ नेकपा दाहाल–नेपाल समूह। आन्दोलनको प्रभाव देशभर परेको छ।

बिहानै कलङ्कीमा ट्याक्सी जल्यो। बन्द समर्थकले ट्याक्सी जलाएको आशङ्का गरिए पनि नेकपा नेतृ पम्फा भुसाले त्यसमा घुसपैठ भएको दाबी गरिन्। उपत्यकाबाहिर छिटपुट झडप भए पनि काठमाडौँका प्रदर्शन भने शान्त छन्। प्रदर्शनकारी र प्रहरीबिच कतै झडप भएका छैनन्।

मुख्य सडकमा सामान्य चहलपहल छ। भित्री सडक र पसलहरू भने खुलेका छन्।

बन्दको समर्थनमा चोकमा भेला भएकाहरूलाई हौसला दिन नेकपा दाहाल–नेपाल समूहका केन्द्रियतहका नेताहरु समेत सडकमा उत्रिएका छन्। पुष्पकमल दाहाल र माधव नेपाल चोक–चोकमा पुगेर बन्द समर्थकहरूको हौसला बढाइरहेका छन्। नारायणकाजी क्षेष्ठ पनि रत्नपार्कमा बन्द सफल बनाउन उत्रिएका थिए।

तर आन्दोलित नेता र कार्यकर्तामा जोस भने देखिएन। प्रधानमन्त्री केपी ओलीविरुद्ध नाराबाजी गरे पनि नेताहरूको अनुहार आन्दोलित हुँदै सडकमा उत्रिनुपरेकोमा मन प्रशन्न देखिएन।

 

माघ २२, २०७७ बिहीबार १४:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।