जनकपुरमा ६ राउन्ड गोली चल्यो 

जनकपुरमा ६ राउन्ड गोली चल्यो 

जनकपुर : आमहड्ताल आव्हान गरेको नेकपाका नेता र प्रहरीबिच धनुषाको जनकपुरमा झडप हुँदा गोली चलेको छ। आन्दोलनकारीको भिडले उग्र रूप लिएपछि एसएलआरबाट ६ राउन्ड फायर भएको जिल्ला प्रहरी कार्यालय धनुषाले पुष्टि गरेको छ।

भिड नियन्त्रण गर्न १२ राउन्ड अश्रुग्याँस प्रहार भएको धनुषाका डिएसपी मकेन्द्र मिश्रले जानकारी दिए। ‘भिड नियन्त्रण गर्न टियर ग्यास प्रहार भइरहेको थियो उनले भने, आन्दोलनकारीले प्रहरीको टियर ग्यास खोस्न थालेपछि एसएलआरबाट ६ राउन्ड फायर भएको हो।’

झडपमा नेकपाका नेता रामचन्द्र झा घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ। झडपका क्रममा केही गाडीमा तोडफोड समेत भएको छ। झडपमा प्रहरी एक जना प्रहरी जवान पनि घाइते भएका छन्।

आन्दोलनकारी र प्रहरीबिच जनकपुरको शिव चोकमा झडप भएको हो। झडपमा घाइते भएकाहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। 

माघ २२, २०७७ बिहीबार १४:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।