चितवनमा बन्दकर्ताले गरे चारवटा ट्रकमा तोडफोड

चितवनमा बन्दकर्ताले गरे चारवटा ट्रकमा तोडफोड

काठमाडौं : चितवनमा बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले चारवटा ट्रकमा तोडफोड गरेका छन्। 

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार माेटरसाइकलमा  आएका बन्दकर्ताले भरतपुर महानगरपालिका–१, भतेरीमा काठमाडौंबाट नारायणगढतर्फ गइरहेको ना३ख ३९३, ना१क १४३५ र ना८ख ४४८० नम्बरका ट्रक तोडफोड गरेका हुन्। 

यस्तै, वीरगन्जबाट पोखरातर्फ गइरहेको भरतपुर महानगरपालिका–१२, मिलनचोकमा ना४ख ८८५५ नम्बरको मालबाहक ट्रक तोडफोड गरिएको प्रहरीले जनाएको छ। 
 

माघ २२, २०७७ बिहीबार १३:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।