‘आन्दोलनले ओलीको निरंकुशता अन्त्य गर्छ’
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुशता अन्त्य गर्ने दाबी गरेका छन्।
नेकपा पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले आज (बिहीबार) गरेको आमहड्तालका क्रममा कोटेश्वरमा उनले यस्तो दाबी गरेका हुन्। उनले भने, ‘ओलीको निरंकुशताको आन्दोलनले समाप्त गरी छाड्नेछ।’
नेकपाले गरेको आमहड्तालका कारण जनतालाई कष्ट भए पनि यसले निरंकुश शासकलाई खबरदारी गर्ने सन्देश दिएको दाबी गरे।
यस्तै, नेता नेपालले ओलीलाई नेपालको संविधानप्रति अपनत्वबोध नभएको आरोप लगाए। संघीयताप्रति पनि ओलीलाई सरोकार नभएको नेता नेपालको दाबी छ।
साथै उनले संवैधानिक परिषद्बाट गरिएको नियुक्ति प्रक्रिया नै गलत भएको बताए। उनले भने,‘त्यो नियुक्तिको वैधता पुगेकै छैन।’
यसैगरी, उनले सरकारले एकातर्फ चुनावको घोषणा गर्ने र अर्कातर्फ धमाधम नियुक्ति गरेकाले विरोधमा उत्रिनुपरेको बताए।
माघ २२, २०७७ बिहीबार १२:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।