आमहड्ताल : ट्याक्सीमा आगजनी, कलंकीबाट नेतृ शाक्य पक्राउ
लगनखेलबाट लुभु जाने गाडी बिहान छुटेका छन् भने चक्रपथमा पनि फाट्टफुट्ट बस चलेका छन्।
सडकमा टायर बालेर अवरोध गर्ने दाहाल-नेपाल समूहका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। नेकपा दाहाल-नेपाल समूहकी नेतृ अष्ट लक्ष्मी शाक्य सहितका कार्यकर्तालाई कलंकीबाट प्रहरीले नियन्त्रणमा लिएको छ।
बिहान सबेरै गोङ्गबुमा ट्याक्सीमा आगजनी भएको छ। आगलागीबाट प्रदेश ३–०१००२ ज ५८८१ नम्बरको ट्याक्सी पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।
सरकारले संवैधानिक निकायहरूमा हिजो नियुक्ति गर्ने बित्तिकै नेकपा दाहाल-नेपाल समूहले आमहडताल गर्ने घोषणा गरेको हो।
माघ २२, २०७७ बिहीबार ०८:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।