अख्तियारका आयुक्त डा. जोशीले दिए राजीनामा
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. गणेशराज जोशीले राजीनामा दिएका छन्।
राष्ट्रपति कार्यालयका अनुसार उनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आजबाट लागू हुने गरी राजीनामा दिएका हुन्।
डा. जोशीले नेपालको संविधानको धारा २३८ को उपधारा ४ को खण्ड (क) बमोजिम लिखित राजीनामा दिएको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले आज (बुधबार) जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
अख्तियारमा आजै प्रमुख आयुक्त प्रेमकुमार राईसहित सदस्यहरू जयबहादुर चन्द र किशोरकुमार सिलवालले पदभार ग्रहण गरेका छन्।
माघ २१, २०७७ बुधबार १७:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।