अदालत अपहेलना मुद्दामा दाहाललाई लिखित जवाफ पेस गर्न सर्वाेच्चकाे आदेश 

अदालत अपहेलना मुद्दामा दाहाललाई लिखित जवाफ पेस गर्न  सर्वाेच्चकाे आदेश 

काठमाडौं : सर्वाेच्च अदालतले अदालत अपहेलना मुद्दामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिखित जवाफ पेस गर्न आदेश दिएको छ। 
 

न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले आज (बुधबार) यस्तो आदेश दिएको हो। 

अधिवक्ता समिर हायुले प्रचण्डविरुद्ध गत सोमबार अदालत अपहेलना मुद्दा दर्ता गरेका थिए। 

दाहालले संसद्मा विचाराधीन अवस्थामा रहेको संसद् विघटन मुद्दाबारे अदालत र न्यायाधीशहरूलाई लक्षित गरी धम्कीपूर्ण अभिव्यक्ति दिएको निवेदकले दाबी गरेका थिए। 

माघ २१, २०७७ बुधबार १६:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।