अख्तियारका प्रमुख आयुक्त राईले सम्हाले कार्यभार 

अख्तियारका प्रमुख आयुक्त राईले सम्हाले कार्यभार 

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले आज (बुधबार) कार्यभार सम्हालेका छन्। टंगालस्थित आयोगको कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन्।

त्यसअघि शितल निवासस्थित राष्ट्रपति कार्यालयमा उनले पद तथा गोपनियताको सपथ लिएका थिए। उनलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सपथ गराएका थिए। 

राईसँगै आयोगको सदस्यमा नियुक्त जयबहादुर चन्द र किशोरकुमार सिलवालले पनि आजै पदभार सम्हालेका छन्। उनीहरूले पनि बुधबार सपथ लिएका हुन्। 

सरकारले अध्यादेश ल्याएर राईसहित ३८ जनालाई विभिन्न संवैधानिक निकायहरूमा नियुक्तिका लागि सिफारिस गरेको थियो। 

उक्त अध्यादेश वैधानिक नभएको भन्दै सर्वाेच्च अदालतमा रिटहरू परेका छन्। 

माघ २१, २०७७ बुधबार १५:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।