बलेरो गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु 

बलेरो गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु 

सप्तरी : सप्तरीको हनुमाननगरमा बलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहमा लु २५ प ५७१२ नम्बरको मोटरसाइकललाई को १ ज ३१९९ नम्बरको बलेरो गाडीले ठक्कर दिएको हो। 

गाडीको ठक्करबाट मोरङ रङ्गेली नगरपालिकाका ३७ वर्षका भिमराज राजवंशीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक भुवनेश्वर प्रसाद साहले जानकारी दिए।

बलेरो गाडी र चालक तोर्ण निरौलालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको साहले बताए। 

 

माघ २१, २०७७ बुधबार १३:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।