सेनाका बख्तरबन्द गाडी काभ्रेको पाँचखाल पुग्यो
काठमाडौँ : नेपाली सेनाका ६ वटा बख्तरबन्द गाडी आज बिहान काभ्रेको पाँचखाल पुगेका छन्।
नेपाली सेनाले अभ्यासका लागि बख्तरबन्द गाडी पाँचखाल पुगेका हुन्।
युद्ध कबज गण सितापाइलाबाट बिहान ५ बजे बख्तरबन्द गाडी पाँचखालका लागि छुटेका नेपाली सेनाले जनाएको छ।
काभ्रेको पाँचखाल पुगेका बख्तरबन्द गाडी आजै बेलुकी ८ बजे काठमाडौँ आउने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
सेनाले सोमवार राती अभ्यासका लागि बख्तरबन्द गाडीलाई चक्रपथ परिक्रमा गराएको थियो।
माघ २१, २०७७ बुधबार ०९:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।