ट्राफिक नियम उल्लघंनको जरिवाना अनलाइनबाट तिर्न सकिने
काठमाडौँ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले आजदेखि ट्राफिक नियम उल्लघंनबापतको जरिवाना अनलाइनमार्फत भुक्तानी गर्न सकिने व्यवस्थाको सुरुवात गर्दै छ।
बैङ्कमा लाइन बस्नुपर्ने झन्झट अन्त्य गर्दै अनलाइन प्रविधिबाटै जरिवाना तिर्न सकिने व्यवस्था आजदेखि सुरु गर्न लागेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।
अनलाइनबाट जरिवाना तिर्ने व्यवस्थाको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले महाशाखाबाट बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको ट्राफिक प्रहरीका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।
महालेखा नियन्त्रकको कार्यालयबाट अर्थमन्त्री विष्णु पौडेलले पनि अनलाइन भुक्तानी गर्ने व्यवस्थाको शुभारम्भ गर्ने भनिए पनि समय निश्चित नभएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
माघ २१, २०७७ बुधबार ०८:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।