संसद् विघटन मुद्दामा आज महान्यायाधिवक्ता खरेलले गरे बहस, भोलि पनि जारी रहने 

संसद् विघटन मुद्दामा आज महान्यायाधिवक्ता खरेलले गरे बहस, भोलि पनि जारी रहने 

काठमाडौं : संसद् विघटनविरुद्ध सर्वाेच्च अदालतको संवैधानिक इजलासमा जारी सुनुवाइमा आज (सोमबार) महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बहस गरेका छन्

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रपतिको कार्यालयको तर्फबाट बहस गरेका हुन्। उनको बहस भोलि पनि जारी रहने सर्वाेच्चले जनाएको छ। 

उक्त मुद्दामा विपक्षी रिट निवेदकको बहस सकिएपछि आजबाट सरकारी पक्षको बहस सुरु भएको हो। 

उक्त मुद्दामा रिट निवेदकका तर्फबाट ७२ जनाले बहस गरेका थिए। हिजो १०५ जनाले नाम कटाएपछि रिट निवेदकतर्फको बहस सकिएको थियो। 

उक्त मुद्दाको पक्षमा १ सय ८६ जनाले बहसनामा लेखाएका छन्। 

माघ १९, २०७७ सोमबार १७:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।