नुवाकोटमा नेकपाका दुई समूहबीच झडप, दुई घाइते
काठमाडौं : नुवाकोटमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई समूहबीच झडप भएको छ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले सदरमुकाम विदुरमा आयोजना गर्न लागेकाे कार्यक्रममा सहभागी हुन गएका उपप्रधानमन्त्री ईश्वर पोखरेल र ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका नेता–कार्यकर्ताले बट्टारमा कालोझन्डा देखाएपछि दुवै समूहबीच झडप भएको हो।
झडपका क्रममा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटले जनाएको छ।
यस्तै, झडपका क्रममा उपप्रधानमन्त्री पोखरेलको सवारीसँगै ल्याइएको एक गाडीमा तोडफोड भएको छ। तोडफोडबाट गाडीको पछाडि भागको सिसा फुटेको प्रहरीले जनाएको छ।
माघ १९, २०७७ सोमबार १५:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।