महान्यायाधिवक्ताको तर्क: संसद् प्रधानमन्त्रीले हैन मन्त्रीपरिषद्ले विघटन गरेको हो

महान्यायाधिवक्ताको तर्क: संसद् प्रधानमन्त्रीले हैन मन्त्रीपरिषद्ले विघटन गरेको हो

काठमाडौँ :महान्यायाधिवक्ता अग्नि खरेलले संसद् प्रधानमन्त्रीले मात्र नभई मन्त्रिपरिषद्ले विघटन गरेको दाबी गरेका छन्।

संवैधानिक इजलासमा सरकारकोतर्फबाट बहस गर्दै उनले
सरकारको प्रतिरक्षा गर्नु महान्यायाधिवक्ता संवैधानिक दायित्व रहेको बताए।

'यो संवैधानिक दायित्वबाट महान्यायाधिवक्ता पन्छिन मिल्दैन', उनले बहसमा भने।

उनले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र बिच पार्टी एकीकरणको जानकारी सांसदलाई रहेको तर्क गर्दै उनले पहिला पनि राजपत्रमा सूचना ढिला आउनु गरेको र यसका प्रशस्त उदाहरण रहेको जिकिर गरे।

'एकातिर विघटन बदर होस भन्ने अर्कोतर्फ चुनावी प्रक्रियामा आचारसंहिता उल्लङ्घन भयो पनि भन्ने निवेदकको तर्क बिरोधाभाषपुर्ण छ। चुनाव नै अवैधानिक मान्नेले चुनावी प्रक्रियामा प्रश्न गर्न मिल्छ?' उनले भने।

 संसद् विघटनबारे प्रधानमन्त्रीको लिखित जवाफ स्पष्ट रहेको उनको तर्क छ।धारा ७६ (१) स्पष्ट रहेको र धारा ८५ को व्यवस्था अनुसार विघटन गरिएको उनले जिकिर गरे।
 'विघटन हुन सक्दैन भन्ने तर्क निवेदकले गर्न सकेका छैनन्' उनले भने।

उनले विघटनबारे प्रतिनिधिसभामा रहेका दलले रिट दाएर नगरेको र व्यक्तिको मात्रै रिट परेको दाबी गर्दै सरकार बनाउन सक्छौ भनेर कुनै पार्टीले दाबी गर्न नसकेको जिकिर गरे।

माघ १९, २०७७ सोमबार १४:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।