नेकपा अध्यक्ष दाहालविरुद्ध अवहेलना मुद्दा दर्ता
काठमाडौँ : नेकपाका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध अदालतको अवहेलना गरेको भन्दै मुद्दा दर्ता भएको छ।
सर्वोच्च अदालतमा अधिवक्ता समीर हायुले दाहालविरुद्ध मुद्दा दर्ता गराएका हुन्।
अदालतले अवहेलना मुद्दा दर्ता गरी भोलिका लागि पेशी तोकेको छ।
रिट निवेदकले नेकपा अध्यक्ष दाहालले पटक-पटक अदालत र न्यायाधीशहरुलाई लक्षित गरी धम्कीपूर्ण अभिव्यक्ति दिएको आरोप लगाएका छन्।
माघ १९, २०७७ सोमबार ११:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।