म्यानमारमा फेरी 'सैन्य' शासन
काठमाडौँ : म्यानमारमा फेरी सैन्य शासन लागु भएको छ। सेनाले फेरी शासन व्यवस्था नियन्त्रणमा लिएको हो। शासन व्यवस्था नियन्त्रणमा लिँदै एक वर्षका लागि सङ्कटकाल घोषणा गरेको छ।
सेनाले सत्तारुढ दलकी नेतृ आङ सान सु की र अरू नेताहरूलाई पक्रेर शासन व्यवस्था नियन्त्रणमा लिएको हो।
म्यानमारका स्वतन्त्रता सेनानी आङ सानकी छोरी सु कीले सैन्य शासनविरुद्ध धेरै लामो समय सङ्घर्ष गरेकी थिइन। ७५ वर्षकी सुकीलाई फेरी आफ्नै देशको सेनाले नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।
म्यानमारमा सेनाले जन निर्वाचित राष्ट्रपति, मन्त्री, मुख्यमन्त्री र सांसदलाई नियन्त्रणमा लिएपछि सबै संचार सम्पर्क विच्छेद भएको छ। बर्मामा रहेका पत्रकार दीपक भट्टराइृले ट्विट गर्दै लेखेका छन्, ‘नेपालमा राजाको माघ १९ को कदम भोगेको थिएँ, अहिले यहाँको अवस्था ठ्याक्कै त्यस्तै छ।
सन् २०१७ मा सेनाले दमन गर्न थालेपछि हजारौँ रोहिन्ज्याहरु म्यानमार छोडेर बङ्गलादेशको शरण लिन गएका थिए। त्यति वेला सुकीले सेनाको अत्याचार रोक्न केही नगरेको भनेर आलोचना भएको थियो।
माघ १९, २०७७ सोमबार १०:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।