बाग्मती प्रदेश सभाको बैठक फागुन ५ सम्मका लागि स्थगित

बाग्मती  प्रदेश सभाको  बैठक फागुन ५ सम्मका  लागि  स्थगित

काठमाडौँ : आज (सोमबार) वाग्मती प्रदेश सभाको आज (सोमवार) दिउँसो २ बजेका लागि निर्धारित बैठक स्थगित गरिएको छ। बैठक फागुन ५ गते दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ। 

विशेष कारणवश आज बैठक बस्न नसक्ने जनाउँदै सूचना टाँस गरी स्थगित गरिएको प्रदेश सभा सचिवालयका सचिव कृष्ण हरि खड्काले जानकारी दिए। 

आजदेखि मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल प्रारम्भ हुने भनिएको थियो। मुख्यमन्त्री पौडेलविरुद्ध नेकपाको दाहाल-नेपाल समूहले अविश्वास प्रस्ताव दर्ता गरेको छ। 

११० प्रदेश सभा रहेको बाग्मतीमा नेकपाका ८०, नेपाली काँग्रेसका २२, साझा विवेकशील दलका तीन, राप्रपाका दुई, नेपाल मजदुर किसान पार्टीका दुई र स्वतन्त्र एक सदस्य छन् ।

माघ १९, २०७७ सोमबार ०९:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।