म्यानमारमा भएको ‘सैन्य कु’को घटना निन्दनीय : कांग्रेस
काठमाडौँ : नेपाली कांग्रेसले म्यानमारमा भएको ‘सैन्य कु’को घटना निन्दनीय भएको बताएको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्विटरमा म्यानमारमा भएको सैन्य कु को घटना निन्दनीय भएको बताएका हुन्।
प्रवक्ता शर्माले रोहिङ्या समुदायमाथि भएको व्यवहारको पुरानो घटना अमानवीय भन्दै मानवीयताको बाटो फेरी पनि लोकतन्त्र नै रहेको उल्लेख गरेका छन्। उनले ट्विटरमा लेखेका छन्, ‘हामी हरेक प्रतिगमनविरुद्ध छौँ देशमा होस् या परदेशमा।’
म्यानमारको सत्तारुढ दल न्याश्नल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सु कीलाई म्यानमारको सेनाले हिरासतमा लिएको छ। राष्ट्रपति बिन मिन्टलगायत अन्य नेतालाई पनि गिरफ्तार गरिएकाले ‘कु’ को आशङ्का गरिएको छ।
माघ १९, २०७७ सोमबार ०८:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।