संसद् विघटन मुद्दामा १३ अंकको संयोग : १३ औं दिनमा १३ जनाको बहस, रिट पनि १३

संसद् विघटन मुद्दामा १३ अंकको संयोग : १३ औं दिनमा १३ जनाको बहस, रिट पनि १३

काठमाडौं : सर्वाेच्च अदालतको संवैधानिक इजलासमा जारी संसद् विघटन मुद्दाको बहसमा आइतबार १३ अंकको संयोग परेको छ। 

आइतबार बहस चलेको १३ औं दिन हो। उक्त दिन रिट निवेदक तर्फबाट १३ जनाले नै बहस गरेका छन्, जसमा वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, अधिवक्ताहरू गोपाल पाण्डे, कीर्तिनाथ शर्मा पौडेल, अमिता गौतम पौडेल, खडानन्द कँडेल, लोकेन्द्रवहादुर ओली, खिमानन्द अधिकारी, शशिबहादुर अधिकारी, कमलबहादुर खत्री, मणिराम उपाध्याय, तुलसी सिम्खडालगायत छन्। 

यससँगै उक्त मुद्दामा माघ ४ गते सुरु भएको रिट निवदेक तर्फको बहस सकिएको छ। 

उक्त मुद्दामा १३ अंकको संयोग यतिमै सीमित छैन, रिट निवेदनको संख्या १३ नै छ। 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद् विघटन गरी आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर भएका थिए। 

माघ १९, २०७७ सोमबार ०१:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।