उकेरामा आज : कराते प्रशिक्षकको प्रसव अनुभवदेखि ललितपुर महानगरको बदमासीसम्म

उकेरामा आज : कराते प्रशिक्षकको प्रसव अनुभवदेखि ललितपुर महानगरको बदमासीसम्म

काठमाडौँ : संसद् विघटनविरुद्ध सर्वोच्चको संवैधानिक इजलासमा चलिरहेको बहसमा आजबाट रिटकर्ताको बहस सकियो। सोमबारबाट सरकार पक्षबाट बहस सुरु हुँदै छ। त्यो बाहेक आजका मुख्य घटना राजनीतिक आरोप प्रत्यारोपमै केन्द्रित रह्यो।

उकेराले दिनभरको समाचारको अपडेटसँगै पाँच भिन्न समाचार सम्प्रेषण गर्यो। बिहान हामीले शहिद दिवसमा गङ्गालाल श्रेष्ठलाई सम्झँदै दमनराज तुलाधरको पुस्तकमा रहेको चार सहिदलाई फाँसी सुनाउँदा दृश्य पस्कियौ। 

दोस्रो फिचर थियो कतारे राष्ट्रिय टिम तथा राष्ट्रिय खेलकुद परिषद्की प्रशिक्षक तथा रेफ्री तारा गुरुङको प्रसवको अनुभव । यो हरेक आइतबार प्रकाशित हुने प्रसवको सुखदुख स्तम्भवको पहिलो अङ्क थियो।

आज कुष्ठरोग दिवस। सरकारले कुष्ठरोग निवारणको लक्ष्य निर्धारण गर्छ तर कहिल्यै पुरा हुन्न। सोही विषय समेट्यौ हामीले। 

घटना सामान्य हो स्कुटर चोरी। तर कानुन कार्यान्वयन गराउने प्रहरीको भूमिमा भने असामान्य थियो। दुर्घटना भएर मर्मत गर्न आएको स्कुटर हराउँदा एक वर्कसप सञ्चालकले पाएको दुख पस्कियौ। 

र, बेलुकीको खुराक थियो ललितपुर महानगरपालिले सरकारी सडकमा पार्किङको नाममा दिएको लुटको छुटबारेको सामाग्री। ललितपुर महानगरपालिकाबाट अनुमति लिएर निजी क्षेत्रले चलाएको पार्किङबारे उकेराले निरन्तर फलो गर्नेछ।

आजका टप पाँच समाचार

  स्वार्थी आमा पो भए की !

अझै पनि मेरो मनमा एउटा प्रश्नले भने छाडेको छैन। त्यति सानो उमेरमा छोरीलाई होस्टल राख्नु ठिक थियो र? मनमा प्रश्न खेलिरहन्छ। कतै म आफ्नो खेल जीवनप्रति बढी नै स्वार्थी भएर आमाको दायित्व निभाउन सकिन कि भन्ने लागिरहन्छ अझै। कतै बढी नै स्वार्थी पो भए की ?  स्वार्थी आमा पो भए की 

 

२ ललितपुर महानगरको पार्किङमा बदमासी-१ : ठेक्का दिने दिल्ली कि डिल्ली ?

ललितपुर महानगर वडा १३ का अध्यक्ष गणेश केसीको दाबी अनुसार आर्थिक समितिले अनुगमन गरेर कसलाई जिम्मेवारी दिने भन्ने टुङ्गो लगाउने निर्णय भएको थियो।

उनी आर्थिक समितिका सदस्य समेत हुन्। तर सो प्रणालीले ठेक्का पाउँदा आर्थिक समितिका सदस्यले नै त्यसबारे जानकारी पाएनन्। ‘डिस्भर प्रालीसँग पार्किङको सम्झौता गरेको मलाई जानकारी छैन,’ उनले उकेरासँग भने‘अनुगमन गरेर अनुमति दिने भन्ने थियो। तर एकलौटी रूपमा अनुमति दिने काम भएछ।’ ललितपुर महानगरको पार्किङमा बदमासी-१ : ठेक्का दिने दिल्ली कि डिल्ली ?

३ कुष्ठरोग निवारणमा सरकारी लक्ष्य असफल 

सरकारले २०६६ माघ १० (सन् २०१० जनवरी २४)मा तामझामका साथ कार्यक्रम गरी सन् २०२० सम्म नेपालबाट कुष्ठरोग निवारण गर्ने घोषणा गर्यो। जसअनुसार देशभरका प्रत्येक जिल्लामा कुष्ठरोगको बिरामीको संख्या प्रति १० हजार १ जनाभन्दा कममा झार्ने लक्ष्य पनि तोकियो। 

तर, रूपन्देहीमा यो लक्ष्य सफल हुन सकेन। रूपन्देहीमा प्रति १० हजार जनसंख्यामा कुष्ठरोग बिरामीको संख्या १ दशमलव १९ छ।  कुष्ठरोग निवारणमा सरकारी लक्ष्य असफल 

४ हराएको स्कुटरमा प्रहरीको खराब नियत

अन्सारीले प्रहरी कार्यालयमा हराएको ००८प ५८४२ स्कुटरको विवरणसहित खोजी पाउँ भनेर निवेदन दिएका छन्। यो बिचमा स्कुटर भेटिए ऋण लाग्दैनथ्यो भन्नेमा छन् उनी। एक महिना हुन लागिसक्यो स्कुटर हराएको। फेला परेको छैन।

‘खै पैसा नतिरी हुँदैन जस्तो छ,’निराश हुँदै उनले भने‘खोजिदिने पुलिसले हो। तर खोजिदिँदैनन्। मेरो कुरा पनि सुन्दैनन्।’ हराएको स्कुटरमा प्रहरीको खराब नियत

५ जुद्ध शमशेरले गङ्गालाललाई भने : यसले माफी माग्छ भने जन्मकैद र सर्वस्व

गङ्गालालको पालो आयो। ‘ज्यान सर्वस्व’ सुनाइयो। जुद्ध शमशेरले भने, ‘यस्तो कलिलो केटो ? यसले माफी माग्छ भनेदेखि जन्मकैद र सर्वस्व....’तुरुन्त गङ्गालालले चर्को स्वरमा भने, ‘कसैले बकस दिएको ज्यान लिएर हामी बाँच्न चाहन्नौ।’ जुद्ध शमशेरले गङ्गालाललाई भने : यसले माफी माग्छ भने जन्मकैद र सर्वस्व

माघ १८, २०७७ आइतबार २१:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।