चिसो बढेपछि नेपालगन्जका विद्यालय बन्द 

चिसो बढेपछि नेपालगन्जका विद्यालय बन्द 

बाँके : नेपालगन्ज उपमहानगरपालिकाले नगर क्षेत्रका विद्यालय तीन दिन बन्द गर्ने निर्णय गरेको छ।

उपमहानगरपालिकाले चिसो बढेको भन्दै नगर क्षेत्रका सामुदायिक र निजी विद्यालय भोलि (सोमबार)देखि बुधबारसम्म बन्द गर्ने निर्णय गरेको हो। 

उक्त अवधिमा घाम लागेको खण्डमा आगामी बिहीबार विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको उपमहानगरपालिकाको शिक्षा शाखाले जनाएको छ। तर, मौसम प्रतिकूल रहेमा थप दुई दिन (शुक्रबार) विद्यालय बन्द गरिने व्यवस्था मिलाइन लागिएको छ। 

उपमहानगरपालिकामा सामुदायिकतर्फ ४३ र निजीतर्फ ८१ वटा विद्यालय छन्।

आइतबार बिहानैदेखि बाक्लो हुस्सुसँगै शीतलहर चल्न थालेपछि जिल्लाभर चिसो बढेको छ। 

बाक्लो हुस्सुसँग शीत पर्न थालेपछि बालबालिकालाई विद्यालय आउजाउ गर्न समस्या भइरहेको अभिभावकले जनाएका छन्।  
 

माघ १८, २०७७ आइतबार १६:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।