संसद् विघटन मुद्दामा रिट निवेदकको बहस सकियो, भोलिबाट सरकारी वकिलले गर्ने
फाइल तस्बिर।
काठमाडौं : सर्वाेच्च अदालतमा परेको संसद् विघटन मुद्दामा रिट निवेदकको तर्फबाट बहस सकिएको छ।
संवैधानिक इजलासमा आज १३ जनाले बहस गरेसँगै रिट निवेदक तर्फको बहस सकिएको हो।
रिट निवेदकको तर्फबाट बहसनामा गर्नेको नाम कटाएपछि बहस सकिएको हो। बहस लामो हुने भन्दै रिट निवेदकको सहमतिमा उनीहरूको नाम कटाइएको थियो।
भोलिबाट सरकारी वकिलले बहस गर्नेछन्।
संसद् विघटनविरुद्ध १३ वटा रिट परेका थिए। ती रिटमा बहस गर्नका लागि तीन सयले नाम लेखाएका छन्।
माघ १८, २०७७ आइतबार १५:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।