नागरिक अगुवाले शहिद धर्मभक्तलाई साक्षी राखेर प्रधानमन्त्रीलाई संविधान सम्झाए
काठमाडौँ : बृहत् नागरिक आन्दोलनका अगुवाहरूले शहिद धर्मभक्त माथेमाको सालिकलाई साक्षी राखेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान सम्झाएका छन्।
सिफलमा रहेको माथेकोमा सालिक अगाडि हातमा प्लेकार्ड बोकेर नागरिक अगुवाहरूले ‘संसद् विघटनले संविधानको उपहास गरेको सन्देश दिएका थिए।
सालिक अगाडि लेखक खगेन्द्र सङ्ग्रौला, सञ्जीव उप्रेती, नारायण वाग्ले, उज्ज्वल प्रसाईँ, युग पाठक लगायतका नागरिक अगुवा भेला भएका थिए। उनीहरूले ‘सरकार संविधान सुधार्ने कि बिगार्ने’,‘संसद् विघटनको दुस्साहस, संविधानको उपहास’;‘संविधानमाथि तिरैतिरै,प्रतिगामीलाई खिरै खिर’ लेखिएको ब्यानर बोकेका थिए।
नेकपाको आन्तरिक कलहपछि प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गराएपछि संसद् पूर्नस्थापनाको माग राख्दै नागरिक अगुवाहरू निरन्तर आन्दोलनमा छन्। शहिद दिवसको अवसर पारेर आइतबार उनीहरूले धर्मभक्तको सालिक अगाडि विरोध प्रदर्शन गरेका हुन्।
माघ १८, २०७७ आइतबार १४:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।