ओली सरकार पाकेको फल जस्तै झर्छ : वरिष्ठ नेता खनाल
काठमाडौँ : प्रतिनिधिसभा बिघठनविरुद्ध नेकपा दाहाल नेपाल समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपाल धर्नामा सहभागी भएका छन्। माइतीघर मण्डलामा नेता कार्यकर्तासँगै दाहाल र नेपाल धर्नामा सहभागी भएका हुन्।
धर्नामा सहभागी भएका नेकपा दाहाल-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले सर्वोच्च अदालतबाट ओलीको असंवैधानिक खारेज भएर प्रतिनिधिसभा पुनर्स्थापना हुने बताए। प्रधानमन्त्री ओलीको सरकार ओलीले भनेजस्तै केही दिनमै पाकेको फल जस्तै झर्ने खनालको भनाई छ।
धर्ना कार्यक्रममा नेकपा दाहाल-नेपाल समूहका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री ओली झ्यालबाट निस्केर भिरको बाटो हिँडिरहेको बताए। उनले ओली कम्युनिस्ट नरहेको भन्दै अहिलेको कदम सफल नहुने बताए।
नेकपा दाहाल-नेपाल समूहले प्रतिनिधिसभा बिघठन असंवैधानिक भएको भन्दै माघ १४ गतेदेखि माइतीघर मण्डलामा धर्ना दिँदै आएको छ। उसले बुटवल, विराटनगर र धनगढीमा प्रदर्शन र विरोध सभा गरिसकेको छ।
माघ १८, २०७७ आइतबार १३:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।