ट्याक्टरसँग मोटरसाइकल ठोक्किदा २ जनाको मृत्यु 

ट्याक्टरसँग  मोटरसाइकल  ठोक्किदा २ जनाको मृत्यु 

कैलाली : कैलालीमा ट्याक्टरसँग मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ।  

घोडाघोडी नगरपालिका वडा नम्बर १० मा म १ त ५४२ नम्बरको ट्याक्टरसँग बा ९१ प ४०४ नम्बरको मोटरसाइकल ठोक्किदा २ जनाको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृत्यु हुनेमा २२ वर्षीय गोविन्द बुढा र १७ वर्षीय मानबहादुर बुढा रहेकाछन्। 

ट्याक्टरसँग ठोक्किएर घाइते भएका मोटरसाइकलमा सवार दुवै जनाको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

माघ १८, २०७७ आइतबार ०९:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।