कुलेश्वर र तारकेश्वरमा आगलागी
काठमाडौँ : काठमाडौँको कुलेश्वर र तारकेश्वरमा आगलागी हुँदा झन्डै ४ लाख ३३ हजार बराबरको क्षति भएको छ।
कुलेश्वरमा रहेको दीपक मेटल वर्क शपमा शनिवार राती बिजुलीको तार सर्ट भएर आगो लागेको प्रहरीले जनाएको छ। आगलागीबाट १ लाख ५० हजार बराबरको क्षति भएको छ।
आगो स्थानीय बासिन्दा, नेपाल प्रहरी र दमकलको सहयोगमा निभाइएको प्रहरीले जनाएको छ।
यस्तै तारकेश्वर नगरपालिका शेषमतीमा रहेको पूजा सामग्री पसलमा राती पौने १ बजे आगलागी भएको छ।
बिजुलीको तार सर्ट भएर लागेको आगोले २ लाख ८३ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार हरि रिमालले सञ्चालन गरेको पूजा सामग्री पसलमा लागेको आगो स्थानीय र नेपाल प्रहरीको सहयोगमा निभाइएको छ।
माघ १८, २०७७ आइतबार ०७:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।