काठमाडौंको तारकेश्वरमा देखियाे बर्डफ्लु, २५ सयभन्दा बढी पंक्षी नष्ट
तारकेश्वर नगरपालिका–७, साङ्ले खोला फुटुङमा स्थानीयले पालेका पंक्षीमा बर्डफ्लु देखिएको पशु सेवा विभागले जनाएको छ।
विभागका अनुसार स्थानीयले पालेका टर्की र कुखुरा मरेपछि ल्याइएको नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको हो।
२५ सयभन्दा बढी पंक्षी नष्ट
बर्डफ्लु पुष्टि भएपछि रोग अन्यत्र फैलन नदिन त्यहाँ पालिएका २५ सयभन्दा बढी पंक्षी नष्ट गरिएको छ।
विभागका अनुसार त्यहाँ ३२ कुखुरा, १ हजार ८ सय ६५ हाँस र ६ सय २२ बट्टाई नष्ट गरिएको छ। यस्तै, ५ सय ४२ अन्डा र ७५ केजी दाना नष्ट गरिएको विभागले जनाएको छ।
रोग देखापरेको क्षेत्रमा पूर्ण निःसंक्रमणसमेत गरिएको विभागले जानकारी दिएको छ।
माघ १७, २०७७ शनिबार २०:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।