दाहालको दाबी : वामदेव हाम्रो समूहमा आउनुहुन्छ
धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै उनले गौतमसँग टेलिफोनमा कुरा भएको र उनी आफ्नो समूहमा आउन इच्छुक रहेको दाहालको दाबी छ।
दाहालको दाबी थियो ‘गौतमसँग हिजो मात्र टेलिफोनमा कुराकानी भएको छ केही पनि पछि तपाईसँग भाषण गर्छु भनेका छन्।'
उनले सभामा दिवङ्गत छोरा प्रकाश दाहाललाई समेत सम्झिए। उनी निर्वाचनमा केपी ओलीको प्रचार गर्न जाँदा ह्दयघातबाट काठमाडौँमा निधन भएको थियो।
उनले संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन नभएको भए संसद्को बैठक बोलाएर ओलीलाई प्रधानमन्त्रीबाट हटाइसक्ने दाबी गर्दै भने, ‘सर्वोच्च अदालतले विधानको भावना अनुसार निर्णय गर्छ।'
दाहालले आफूले नै प्रस्ताव गरेर ओलीलाई प्रधानमन्त्री र अध्यक्ष बनाएको तर उनैले दुःख दिएको बताए। केपी भिलियन बनेको देख्दा दुःख लागेको बताए।
लेखराज ओलीको दलाल
दाहालले आफूले पटक–पटक मन्त्री बनाएका लेखराज भट्ट ओलीको दलाल बनेकोमा दु:ख लागेको बताए।
उनले भने, 'सुदूरपश्चिमको ‘हिरो नेता भट्ट दलालीको पनि दलाल’ बन्न गए।' उनले पार्टीमा माधव नेपाल र आफ्नो हैसियत बराबर रहेको बताएका थिए।
माघ १७, २०७७ शनिबार १६:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।