कसैले चुनाव रोक्न सक्दैन : मन्त्री श्रेष्ठ
‘सबै दल आन्दोलनको नाममा घरदैलो अभियान भन्दै गाउँ गाउँमा चुनाव प्रचारमा लागिसकेको छन्’ मन्त्री श्रेष्ठले भने, ‘अब मुलुक चुनावमय भैसकेको छ।’
उनले यो सरकारले दर्जनौँ गौरवका योजना सम्पन्न गर्दा पनि काम गर्न नसकेको आरोप लगाउनु मूर्खता भएको जिकिर गरे। ‘तपाईँहरू हेर्नुस् रानीपोखरी बन्यो, धरहरा बन्दैछ, देशका दुई ठुला अन्तर्राष्ट्रिय विमानस्थल तयार भए, पाइपलाइनबाट तेल आउन थालिसक्यो, श्रेष्ठले भने, ‘रेल सञ्चालन अन्तिम तयारीमा पुगेको छ, ठाउँ ठाउँमा सुरुङ मार्ग निर्माण भइरहेका छन् भन्नुस् त यो काम कसले ग¥यो ? सबै यही सरकारको प्रगति हो।’
काठमाडौँ निर्वाचन क्षेत्र–९ का सङ्घीय सांसद श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रमा सर्वमान्य नेता गणेशमान, मदन भण्डारीको नाममा पार्क निर्माण भैसकेको बताए। जापान सरकारको सहयोगमा ५० वटा साकुराको बिरुवा ल्याएर खाइके–साकुरा पार्क निर्माण भैसकेको उनको भनाई छ। यस्तै कीर्तिपुर–नैकाप जोड्ने पुल निर्माणको काम अन्तिम चरणमा पुगेको श्रेष्ठले बताए।
उनले केही महिनाभित्र भीमढुंगा र रामकोट जोडिने झोलुङ्गे पुल निर्माण अघि बढ्ने जानकारी गराए।
कार्यक्रममा खड्का गाउँ खानेपानी उपभोक्ता समितिका अध्यक्ष श्रीहरी खड्काले सङ्घीय स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत ५० लाख, प्रदेश साझेदारी कार्यक्रम अन्तर्गत १ करोड ५० लाख, जनस्तरबाट १ करोड २५ लाख र काठमाडौँ महानगरपालिकाको १० लाख रुपैयाँ लागतमा परियोजना सम्पन्न भएको जानकारी दिए।
परियोजना अन्तर्गत हाल ८ सय ९० घरधुरीमा खानेपानी वितरण भैसकेको बताउँदै समितिका सचिव अमिर खड्काले सबै वडावासीको सहयोगमा परियोजना सफल भएको उल्लेख गरे।
कार्यक्रममा नेपाली काँग्रेसका नेता कुवेर खड्काले परियोजनाको बारेमा जानकारी गराएका थिए ।
माघ १६, २०७७ शुक्रबार १४:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।