९० लाख ठगी गरेको अभियोगमा एक जना पक्राउ
विश्वकर्माले आफू विगत लामो समयदेखि विदेश बसेको र युरोप, क्यानडा, अमेरिका लगायतका देशहरूमा धेरै मानिस रोजगारको लागि पठाई सकेको भन्ने विश्वास दिलाई ठगी गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार विश्वकर्माले कास्की, स्याङ्जा, तनहुँ, म्याग्दी लगायत जिल्लाका ३३ जना व्यक्तिहरूलाई क्यानडा पटाइदिन्छु भनेर उनीहरूबाट रकम समेत लिएका थिए। जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले विश्वकर्मालाई पोखरा महानगरपालिका रामबजारबाट पक्राउ गरेको हो ।
विश्वकर्माले हालसम्म ३३ जना व्यक्तिहरूबाट नगद ९० लाख ७१ हजार ५ सय रुपैयाँ लिएको र उनीहरूलाई विश्वासमा पार्न विभिन्न सहकारी संस्था र विकास बैङ्कहरूको चेक समेत दिएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।
ठगी सम्बन्धी कसुरमा विश्वकर्माविरुद्ध जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
माघ १६, २०७७ शुक्रबार १४:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।