नेकपाको दाहाल-नेपाल समूह आयोगको छलफलमा बसेन 

नेकपाको दाहाल-नेपाल समूह आयोगको छलफलमा बसेन 

नेकपा दाहाल-नेपाल समूहका कार्यालय सचिव श्रीराम ढकालको हस्ताक्षर रहेको पत्र लिएर आयोगको कार्यालयमा पुगेका नेता पत्र बुझाएर छलफलमा नबसी फर्केका छन्। 

राजनैतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४८ बमोजिम निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन र आयोगले निर्वाचन तयारीका सम्बन्धमा हालसम्म गरेका कामका विषयमा छलफल गर्न दुवै नेकपालाई पत्र पठाएको थियो। 

पत्रमा अध्यक्ष वा अध्यक्षले तोकेका आधिकारिक प्रतिनिधि र निर्वाचन तथा कानुन विषय हेर्ने प्रतिनिधि आयोगमा उपस्थित हुन भनिएको रहेछ आयोगमा पत्र बुझाएर फर्केका लीलामणि पोखरेलले भने, दुवै अध्यक्ष काठमाडौँ बाहिर रहेकाले आज छलफल हुन सम्भव हुँदैन भनेर फर्कियौ। 

उनले निर्वाचन आयोगले पार्टी दर्ता गर्दाको ४४१ जनाको कमिटी कायम रहेको भनेपछि पार्टी भित्रको विवाद निरूपण नगरी चुनाव हुन नसक्ने बताए। ६४ प्रतिशत भएको पार्टीको टुङ्गो नलगाई निर्वाचन कसरी हुन्छ? पोखरेलले प्रश्न गरे। 

निर्वाचन आयोगले भने नेकपाको अर्को समूहलाई पनि बोलाएकाले आजको छलफल स्थगित नगर्ने जवाफ दिएको छ। आयोगले अर्को पक्षसँग छलफल गर्ने बताएको र आयोगबाट फर्कँदै गर्दा नेकपा ओली समूहका कृष्ण गोपाल श्रेष्ठसँग देखभेट भएको बताए। 

 

माघ १६, २०७७ शुक्रबार १२:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।