नेकपाका दुवै समुह निर्वाचन आयोगमा, नेम्वाङ भन्छन् : निर्वाचनको तयारीमा लाग्यौ

नेकपाका दुवै समुह निर्वाचन आयोगमा, नेम्वाङ भन्छन् : निर्वाचनको तयारीमा लाग्यौ

निर्वाचन तयारी र निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशन गर्नका लागि नेकपाको दुवै समूहलाई आज (शुक्रवार) बिहान साढे ११ बजे बोलाएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। 

आयोगमा नेकपा ओली समूहबाट महासचिव विष्णु पौडेल, सुभाष नेम्वाङ, कृष्ण गोपाल श्रेष्ठ, रामेश्वर फुयाँल र विमला राई पौडेल छलफलका लागि जादैछन्। यस्तै विज्ञका रूपमा रमेश बडाल र बाबुराम दाहाल पनि ओली नेकपाबाट छलफलमा सहभागी हुने नेम्वाङले जानकारी दिए। 

यस्तै नेकपा दाहाल-नेपाल समूहबाट लीलामणि पोखरेलसहितका नेता छलफलका लागि आयोगमा जादैछन्। आयोगमा जाने अरू नेताहरू को को जाने भनेर अहिले सल्लाह भइरहेको पोखरेलले बताए। 

आयोगले नेकपाको आधिकारिता विवाद नभएको बताइसकेकाले अब दल दर्ता र निर्वाचनको तयारीबारे छलफल हुन लागेको नेकपा ओली समूहका सुभाष नेम्वाङले बताए। संविधानसभाका अध्यक्ष समेत रहेका नेम्वाङले संसद् विघटन संविधान सम्मत रहेकाले आफूहरू चुनावको तयारीमा लागेको सुनाए । 

तर, विघटन विरुद्ध अदालतमा परेको मुद्दाका विषयमा भने प्रतिक्रिया जनाउन चाहेनन्। सर्वोच्चमा परेको मुद्दामा संसद्मा समेत बहस हुन नसक्ने भन्दै नेम्वाङले उकेरासँग भने, सर्वोच्च अदालतको आदेश आएको भोलिपल्ट यसबारे बोल्छु। 

 

माघ १६, २०७७ शुक्रबार ०९:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।