आज शहीद दिवस, लैनचौरमा श्रद्धाञ्जलीसभाको आयोजना
तर, पछिल्लो समय नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासनसँगै निरङ्कुश पञ्चायती व्यवस्था तथा तानासाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनमा आफ्नो जीवनको आहुति गरेका वीर शहीदको सम्झनामा शहीद दिवस मनाउने गरिएको छ ।
काठमाडौँ महानगरपालिकाको संयोजनमा साताव्यापी रूपमा माघ १० देखि सुरु कार्यक्रमको अन्तिम दिन अहिले शान्तिबाटिकाबाट प्रभातफेरी सुरु भएको छ। प्रभावतफेरी शहीद उद्यान लैनचौरमा पुग्ने र विशेष श्रद्धाञ्जलीसभा आयोजना हुनेछ।
श्रद्धाञ्जलीसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
शहीद दिवसको अवसरमा सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो शान्ति, सुशासन र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुँदा नै शहीदप्रति सच्चा श्रद्धाञ्जली हुने बताएकी छन्।
राष्ट्रपतिको सन्देशमा देशलाई द्रुत आर्थिक विकाससहितको समृद्ध राष्ट्र बनाउने शहीदको सपना साकार पार्ने काममा मन, वचन र कर्मले समर्पित हुन शहीद दिवसले सबैलाई हौसला दिने उल्लेख छ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको बलिदानको प्रतिफलमा प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई ‘समृद्ध र नेपालीलाई सुखी’ बनाउने अभियानमा रहेको बताएका छन्। उनले जनतालाई अधिकार सम्पन्न बनाई शहीदको बलिदानबाट प्राप्त लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गरेको बताए।
लोकतान्त्रिक अधिकार, कानुनी राज्य, न्याय र समानतामा आधारित राज्य व्यवस्था सहितको प्रणाली संस्थागत भएपछि अधिकार प्राप्तिका लागि गरिएको लामो सङ्घर्षको चरण पूरा गरेकोसमेत उनले बताए।
माघ १६, २०७७ शुक्रबार ०८:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।