राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचकको हत्या गरी फरार अभियुक्त पक्राउ

राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचकको हत्या गरी फरार अभियुक्त पक्राउ

प्रहरी प्रधान कार्यालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार हत्या गरी फरार रहेका बाँके, नेपालगन्ज उपमहानगरपालिका–६, फुलटेक्राका १८ वर्षीय विवेक परियार आज पक्राउ परेका हुन्।

उनलाई भक्तपुर, चाँगुनारायण नगरपालिका–९, ताथलीमा लुकिछिपि रहेको अवस्थामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। 

घटनापछि परियार फरार थिए। 

उनलाई जिल्ला प्रहरी कार्यालय, बाँके पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ। 

राष्ट्रिय अनुसन्धान विभागको जिल्ला कार्यालय बाँकेमा कार्यरत थापा मगर यही माघ २ गते बिहान ९ः३० बजे नेपालगन्ज उपमहानगरपालिका–१८ स्थित खेतबारीमा टाउको तथा अनुहारमा चोट लागि मृत अवस्थामा फेला परेका थिए। 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

माघ १५, २०७७ बिहीबार २२:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।