ओलीले जनताको भावनामा कुठाराघात गरे : नेपाल 

ओलीले जनताको भावनामा कुठाराघात गरे : नेपाल 

बुटवलमा आयोजित विरोधसभामा सम्बोधन गर्दै नेता नेपालले ओलीले असंवैधानिक तवरले प्रतिनिधिसभा विघटन गरेर नेपाली जनताको भावनामा कुठाराघात गरेको आरोप लगाए। उनले निर्वाचन असफल भविष्यवाणी सावित हुने टिप्पणी गरे। 

नेपालले ओलीको स्वेच्छाचारिता र निरंकुशताको छिट्टै अन्त्य हुने विश्वास व्यक्त गरे। 

कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज युवराज ज्ञवाली, नेताहरू वर्षमान पुन, घनश्याम भुसाल, ओनसरी घर्ती मगर, वामदेव क्षेत्री, ठाकुर गैरे लगायतले प्रधानमन्त्री ओलीले मुलुकलाई अस्थिरता, अशान्ति, अराजकता र बर्वादीतिर लैजानेसँगै कम्युनिस्ट तथा लोकतन्त्र विरोधी र राष्ट्रघाती भएको आरोप लगाए। 

नेताहरूले ओली श्री ३ महाराज बन्ने प्रयत्नमा लागेको आरोपसमेत लगाए। 

विरोधसभाअघि बुटवलका तीन स्थानबाट र्याली निकालिएको थियो। राजमार्ग चौराहबाट घनश्याम भुसाल, गोलपार्कबाट ठाकुर गैरे र तिनाउ पुलबाट चक्रपाणी शर्मा बलदेवले नेतृत्व गरेको र्यालीले नाराजुलुस गर्दै महेन्द्रपार्क पुगेर सभामा परिणत भएको थियो। 
 

माघ १५, २०७७ बिहीबार २१:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।