प्रधानमन्त्रीको दाबी- ‘वैशाखमा हुने निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित हुनेछ’ 

प्रधानमन्त्रीको दाबी- ‘वैशाखमा हुने निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित हुनेछ’ 

सशस्त्र प्रहरी बलको २० औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वैशाख १७ र २७ गते दुई चरणमा हुने प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने बताएका हुन्। उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सुरक्षा निकायसमेतको पनि उत्तिकै दायित्व रहेको बताए।  

उनले भने, ‘मुलुक निर्वाचनको तयारीमा लागेको छ। सुरक्षा निकायले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बेला आएको छ।’

उनले अहिलेका अवस्थामा केही तत्त्वबाट विभिन्न घटना घट्न सक्नेतर्फ सुरक्षाकर्मीको ध्यानाकर्षण गराए। 

माघ ९, २०७७ शुक्रबार १९:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।