प्रचण्डद्वारा ओलीको साइबर सेनालाई ‘स्याल’को संज्ञा
संसद् विघटनको विरोधमा आज (शुक्रबार) नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले काठमाडौंमा गरिएको विरोध सभालाई सम्बोधन गर्दै उनले भने, ‘साइबर सेनाले आन्दोलनमा सहभागी हुने पेशाकर्मी, कर्मचारीहरूको रेकर्ड राख्ने केपी ओलीका साइबर स्यालहरूले रे। को जुलुसमा गए, को गएनन् भनेर त्यसको रेकर्ड राख्दै कारबाही गर्ने भन्ने सुने।’
उनले ओलीलाई जुलुसमा गएका कर्मचारीलाई कारबाही गर्न चेतावनीसमेत दिए। ओलीको साइबर सेनाले कसैलाई पनि छुन नसक्ने उनले दाबी गरे।
माघ ९, २०७७ शुक्रबार १८:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।